अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०६ | Colorodo: 01:21

प्रदेश नं ५ मा बकर ईदको विदा

बिआरटीनेपाल २०७६ साउन २६ गते ९:४५ मा प्रकाशित

बकर इदको अवसरमा प्रदेश नं ५ सरकारले पनि सोमबार सार्वजनिक बिदा दिने भएको छ । प्रदेश सरकारको यो निर्णय नयाँ नभएर गत वर्षकै निर्णय हो ।

संघीय सरकारले तोके बाहेक प्रदेश पाँचमा बकर इदमा एक दिन,माघी र माघे संक्रान्तिमा दुई दिन,प्रदेश स्थापना दिवस फागुन ३ गते एक दिन, स्थानीय तहको निर्णयबाट एक दिन र निश्चित समुदायले पाउने बिदा जस्तै भुमया पूजा,वडका अटवारी पर्व, रमजान लगायतका बिदा स्वीकृत गरेको हो ।

विदा सम्बन्धी निर्णय वैशाख १२ गतेको प्रदेश राजपत्रमा प्रकाशित छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू