अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०४ | Colorodo: 14:19

सभासद् भण्डारीको कार्यशैली पृथक छ : अमेरिकी राजनीतिज्ञहरू

विजय थापा २०७६ साउन २६ गते ९:०० मा प्रकाशित

डिसी । अमेरिकाको मूलधारको राजनीतिमा समाहित भएर हाउस अफ डेलिगेट(विधान सभा सदस्य )को रूपमा पहिलो संसदीय सत्र सम्पन्न गर्नु भएका सभासद् ह्यारी भण्डारीको लगन,कडा परिश्रम र काम गर्न सक्ने इच्छा शक्ति मजबुत भएको टिप्पणी अमेरिकी राजनीतिज्ञहरूले व्यक्त गरेका छन् ।

गत बिहीबार मेरिल्याण्डमा आयोजित हयारी भण्डारीको रात्रि भोज स्वागत समारोह (रिसेप्सन डिनर)को अवसरमा सहभागी मेरिल्यान्ड विधान सभाका सभामुख,सिनटेर तथा डेलिगेट तथा महा महा महान्यायाधिवक्ता (एटर्नी जनरल)हरूले भण्डारीको पहिलो सेसनको समीक्षा गर्दै कार्यशैलीको प्रशंसा गरेका हुन् ।

मेरिल्यान्ड विधान सभाका सभामुख एन्ड्रिएन जोन्सले सभासद् भण्डारी एउटा नवीन जन प्रतिनिधिको रूपमा विधान सभामा जुन भूमिका खेलेर आफै मुख्य प्रस्तावक (लिड स्पन्सर)मा विधेयक पारित गर्न सफल हुनु भयो त्यो महत्त्वपूर्ण उपलब्धि हो भन्नुभयो ।

साथै जोन्सले सभासद् भण्डारीको काम गर्ने इच्छा शक्ति,जिज्ञासुता, प्रतिबद्धता,साथै नीति ज्ञानले गर्दा डेमोक्रेट्स र रिपब्लिकन विधायक सदस्यहरूमा लोकप्रिय रहेको बताउनु भयो।

उहाँले अगाडि थप्नु भयो सभासद् भण्डारीको अर्को सफलता भनेको संसदीय अनुबन्धन पहल ( लेजिसलेटिभ बंड इनिसिएटिव) व्यवस्थापिका विधेयक मार्फत सांसदबाट अनुमोदन र कोष विनियोजन गरी पेस गरेका सबै ३ प्रस्ताव स्वीकृत भई परियोजना आफ्नो जिल्लामा ल्याउन सक्नुले पनि उनको काम गर्ने शैली पृथक् छ भन्ने पुष्टि गरेको छ ।

कर्विन शिक्षा विधेयकको सहायक प्रस्तावकको रूपमा सभासद् भण्डारीले के-१२ शिक्षा लागि थप ७ सय मिलियन डलर सुरक्षित गर्न महत्त्वपूर्ण भूमिका खेलेका थिए । साथै मेरिल्यान्ड विधान सभामा २१ वर्ष मुनिका युवा वयस्कहरूलाई सुर्तीजन्य, निकोटिन उत्पादनहरू खरिद गर्न प्रतिबन्ध लगायतका विधेयक लगायत स्वास्थ्य सम्बन्धी विधेयक पारित गर्न सभासद् भण्डारीको उलेखनीय भूमिका रहेको थियो। संसद्मा शक्तिशाली स्वास्थ्य र सरकार सञ्चालन समितिमा रहेका भण्डारीका ५९ सहायक प्रस्ताव रहेका विधेयक मध्ये ३३ विधेयक दुवै सदनबाट पारित भएर गभर्नरले स्वीकृत गरे सँगै राज्य कानुन बन्दै छन् ।

कार्यक्रममा मेरिल्याण्डका एटोर्नी जनरल ब्रेन फ्रोसले सभासद् भण्डारी अमेरिकी सपनाको उदाहरण बताउँदै नेपाल देखि मेरिल्याण्डको हाउस अफ डेलिगेटस सम्मको यात्राले अमेरिकाको आप्रवासन सम्बन्धी व्यवस्थाले कसरी अनेकतामा एकता र त्यस भित्र विविधतालाई अङ्गीकार गरेको छ भन्ने पुष्टि गरेको बताउनु भयो ।

महा महान्यायाधिवक्ता फ्रोसले अगाडि थप्नु भयो यो अवसरको भूमिमा सभासद् भण्डारीको कठोर परिश्रमले अमेरिकामा नेपाली मूलको पहिलो विधायकको रूपमा उनलाई इतिहास कोर्ने अवसर प्रदान गरेको छ ।

मेरिल्यान्ड सिनेटको दोस्रो वरीयता क्रममा रहेकी सिनेटर तथा प्रेसिडेन्ट प्रो टेम्पोर क्याथी क्लासमारले कार्यक्रम सञ्चालन गर्दे भण्डारीको निवासको राजनैतिक रात्रिभोजको बैठक देखि डेमोक्रेटिक पार्टीको केन्द्रीय सदस्य र विधायकको रूपमा विजयी प्राप्त गर्दा सम्मको आफ्नो सभासद् भण्डारी सँगको राजनैतिक सहकार्यको भावुक हुँदै स्मरण गराउनु भो ।

सभासद् भण्डारीको डेमोक्रयाट दल (पार्टी)को केन्दीय सदस्य र हाउस अफ डेलिगेटको रूपमा विजय प्राप्त गर्दा सम्मको आफ्नो सहकार्यको अनुभव सुनाउनु भएको थियो। ।

यसै गरी अर्का पुराना हाउस सभासद् एरिकले सभासद् भण्डारी रउहाँलाई सहयोग गर्ने सबै समुदायलाई प्रति हार्दिक धन्यवाद ज्ञापन गर्नु भयो।

कार्यक्रमलाई सम्बोधन गर्दे हाउस अफ डेलिगेट(विधान सभा सदस्य) भण्डारीले मलाई अमेरिकाले महत्त्वपूर्ण अवसर प्रदान गरेको भन्नु हुँदै आगामी दिनमा अझै प्रतिबद्धताका साथ नागरिक प्रति सेवा भावले समर्पित हुने आफ्नो इच्छा रहेको बताउनु भयो ।

१२ वर्ष पछि रिपब्लिकन दलका पूर्वराज्य निर्देशक र अमेरिकाको सबैभन्दा लोकप्रिय गभर्नर लारी होगनका बहालवाला विश्वासपात्र सभासद् सदस्यलाई गत नोभेम्बरको संसदीय चुनावमा पराजित गरी रिपब्लिकन पार्टीलाई स्तब्ध पार्दै भण्डारीले संसदीय चुनाव जितेका हुन्।

भण्डारीको निबाचन जिल्ला राज्यको सबैभन्दा प्रतिस्पर्धी चुनावी जिल्ला हो। भण्डारी एएपिआई समन्वय ककस सभापति र सिनेट र विधान सभाका लागि एएपिआई ककसका सचिव छन्। उक्त ककसका एक जना सदस्य अमेरिकामा भारतीय मूलको पहिलो विधायक ९० का दशक देखि कुमार बार्वे पनि छन् ।

कार्यक्रममा शिक्षक सङ्घकी अध्यक्ष सहित विभिन्न क्षेत्रका व्यक्तित्वहरू,स्थानीय अस्पताल,विश्वविद्यालयका प्रतिनिधिहरू लगायत नेपाली समुदायका सदस्यहरूको समेत सहभागी रहेको थियो ।

८० प्रतिशत श्वेत मतदाताहरू रहेको चुनावी संसदीय जिल्लामा कुनै पनि चनाव जित्ने भण्डारी पहिलो अल्पसङ्ख्यक विधायक हुन् । अहिले सम्म उक्त चुनावी क्षेत्रमा अफ्रिकन अमेरिकन लगायत कुनै पनि अल्प सङ्ख्यकले प्राथमिक तथा आम निर्वाचन जितेका थिएनन् ।

अहिले सम्मको जिल्लाको संसदीय चुनावी इतिहासमा तेस्रो धेरै लोकप्रिय मत ल्याएर विजयी हुने भाग्यमानी सभासद् भण्डारी हुन् । उक्त क्षेत्रमा जन सङ्ख्या १ लाख ५० हजार हाराहारीमा रहेको छ ।

प्रतिक्रिया