अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५२ | Colorodo: 16:07

गायिका बिन्दु परियारको गीतमा प्रियङ्का कार्कीको ठुमका

बिआरटीनेपाल २०७६ साउन २४ गते ११:०६ मा प्रकाशित

काठमाडौँ— चलचित्र ‘मङ्गलमय’ को ‘पर्ख पर्ख मायालु…’ गीतको लोकप्रियतासँगै गायिका बिन्दु परियार पार्श्व गायिकाको रूपमा लोकप्रिय भइन् । चलचित्र ‘छक्क पन्जा–३’ को ‘पहिलो नम्बरमा…’ गीतको लोकप्रियताले उनलाई पार्श्व गायिकाको रूपमा स्थापित नै गरायो । त्यसो त गायिका परियारले केही महिनाअघि सार्वजनिक गरेको युगल गीत ‘घरबार’ ले पनि दर्शक तथा स्रँेताको मन जितेको थियो ।

लोकदेखि सुगमहु“दै चलचित्रका गीतमा समेत सफलता हासिल गरिसकेकी उनै गायिका बिन्दु परियार यति बेला आफ्नो बिलकुलै नयाँ“ गीतको म्युजिक भिडियोमार्फत दर्शक तथा स्रँेतामाझ आएकी छिन् । आफ्नै आधिकारिक युट्युब च्यानलमार्फत गायिका परियारले ‘म के गरौँ…’ शीर्षकको युगल गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी हुन् । एक नारायण भण्डारीको शब्दको उक्त गीतमा आशिष् अविरलको सङ्गीत निर्देशन छ ।

म्युजिक भिडियोमा गायिका परियारले लोकप्रिय अभिनेत्री प्रियङ्का कार्कीको साथ पाएकी छिन् । भिडियोमा अभिनेत्री कार्कीलाई भिमफेदी गाइजका कलाकारहरूले साथ दिएका छन् । उक्त भिडियोलाई भिमफेदी गाइजले नै कोरियोग्रँफी गरेको हो । धिरज जङ्ग शाहद्वारा छायाङ्कन गरिएको उक्त भिडियोलाई अर्जुन अधिकारीले निर्देशन गरेका हुन् भने निशान घिमिरेले यसलाई सम्पादन गरेका हुन् । 

VIDEO

प्रतिक्रिया