अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१३ | Colorodo: 23:28

प्रहरीलाई सुशासनको पहरेदारी गर्ने नमुना संगठन बनाउँछौंः महानिरिक्षक खनाल

बिआरटीनेपाल २०७६ साउन २३ गते १०:१२ मा प्रकाशित

प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले नेपाल प्रहरीलाई सुशासनको पहरेदारी गर्ने नमुना संगठनको रुपमा स्थापित गर्न लागिपरेको बताउनुभएको छ । नेपाल पूर्व प्रहरी संगठनका पदाधिकारीहरुसँग प्रहरी प्रधान कार्यालयमा आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा खनालले सो कुरा बताउनुभएको हो ।

आईजीपी खनालले नेपाल प्रहरीका वर्तमान गतिविधि र चुनौतीबारे प्रस्तुतीकरण गर्दै सांगठनिक सन्दर्भ, शान्ति सुव्यवस्था, अपराध नियन्त्रण र अनुसन्धानको अवस्था, नेपाल प्रहरीका सुधारका प्रयासबारे जानकारी दिनुभयो । विशिष्टिकृत अनुसन्धान इकाईको गठन, विध्वंसात्मक गतिविधि नियन्त्रण, लागूऔषध तथा अवैध सुन बरामद एवं अपराध नियन्त्रण तथा अनुसन्धानमा नेपाल प्रहरीले प्रभावकारी कार्य गर्दै आएको खनालको भनाइ छ । खनालले ट्राफिक व्यवस्थापन, लागूऔषध नियन्त्रणमा विशेष अभियान संचालन, राजश्व योगदानको साथै विपद् उद्धारमा नेपाल प्रहरीले सक्रिय भूमिका निर्वाह गर्दै आएको स्पष्ट पार्नुभयो ।

नेपाल पूर्व प्रहरी संगठनका संरक्षक पूर्व प्रहरी महानिरीक्षक ध्रुवबहादुर प्रधानले नेपाल प्रहरीले समाज र राष्ट्रलाई दूरगामी प्रभाव पार्न नीति ल्याएको साथै प्रभावकारी र प्रशंसनीय काम गरेको प्रति खुसी व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू