अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५८ | Colorodo: 06:13

धितोपत्र बजारः नेप्से परिसूचक ओरालो

बिआरटीनेपाल २०७६ साउन २३ गते १०:०७ मा प्रकाशित

धितोपत्र बजारमा आज नेप्से परिसूचक झण्डै १० अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार शेयर कारोबार मापक नेप्से परिसूचक ९.९२ अङ्कले घटेर एक हजार २३८.५६ पुगेको हो । त्यस्तै सेन्सेटिभ परिसूचक १.९६ अङ्कले घटेर १६८.०० पुगेको छ ।

परिसूचक ओरालो लागेसँगै कारोबार रकममा पनि भारी गिरावट आएको छ । स्टकका अनुसार आज कूल १६६ कम्पनीका १८ लाख ७७ हजार ५४२ कित्ता शेयर रु ४५ करोड ४६ लाख २९ हजार ५७५ मा खरिदबिक्री भए ।

कारोबार भएका १२ उपसमूहमध्ये सबै उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ ५.५४, व्यापार २.०३, होटल २०.८३, विकास बैंक ८.१५, जलविद्युत् ३१.३५, वित्त ४.९७, निर्जीवन बीमा ७५.४३, उत्पादन ११.८५, अन्य ५.३४, लघुवित्त २०.३२, जीवनबीमा २६.५५ र सामूहिक लगानी कोषका शेयर ०.०२ अङ्कले घटेको छ ।

स्टकका अनुसार कारोबार रकमका आधारमा रसुवागढी हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रह्यो । सो कम्पनीको शेयर रु नौ करोड ७९ लाख ९९ हजार १८१ मा खरिदबिक्री भयो । यसैगरी सान्जेन जलविद्युत् कम्पनी ५ करोड १३ लाख सात हजार ५३७, नेपाल बैंक लिमिटेड २ करोड ३३ लाख १३ हजार २६०, नेपाल क्रेडिट एण्ड कमर्सियल बैंक १ करोड ९२ लाख ४४ हजार ६४७ र सिभिल बैंकको संस्थापक शेयर एक करोड ७७ लाख ६० हजार ७०० मा खरिदबिक्री भए ।

घटेको बजारमा सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले ५.७१, विजय लघुवित्त वित्तीय संस्था ४.०८, सानिमा इक्विटी फण्ड २.२९, एक्सेल डेभलपमेन्ट बैंक १.७५ र हिमालय ऊर्जा विकास कम्पनीका शेयरधनीले १.५३ प्रतिशतले कमाए । यस्तै रसुवागढी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९.७०, साञ्जेन जलविद्युत् कम्पनी ४.६८, स्वरोजगार लघुवित्त विकास बैंक ४.१८, मितेरी डेभलपमेन्ट बैंक ४.०८ र सुमिट लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३.८६ प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू