अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०३ | Colorodo: 03:18

संविधानको मर्मअनुसार कानुन निर्माणको कामलाई तीव्रता – अध्यक्ष तिमिल्सिना

बिआरटीनेपाल २०७६ साउन २३ गते १०:०२ मा प्रकाशित

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधानको मर्म अनुसार कानुन निर्माणको कामलाई तीव्रता दिइएको बताउनुभएको छ । अध्यक्ष तिमिल्सिनाले संविधानले कुनै पनि नागरिकलाई भेदभाव गर्न नहुने व्यवस्था गरेको उल्लेख गर्दै सबै नागरिक समृद्ध हुने गरी समृद्धिको अभियानलाई अघि बढाउन पनि तीन वटै तहका सरकारको ध्यानाकर्षण गराउनुभयो ।

शिक्षा, स्वास्थ्य तथा रोजगारी जस्ता नागरिकको अधिकारलाई संविधानले मौलिक हकको रुपमा व्यवस्था गरेको उल्लेख गर्दै नागरिकको आधारभूत समस्या समाधान गर्दै अघि बढन पनि तिमिल्सिनाले सरकारलाई आग्रह गर्नुभयो । अध्यक्ष तिमिल्सिनाले मुलुकमा राजनीतिक स्थायित्व पनि कायम भएकाले अव समृद्धिको अभियानलाई अघि बढाउन सहज भएको स्मरण गराउनुभयो ।

मातृभूमि महिला समाजले बिहीबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले समृद्धिको अभियानलाई अघि बढाउन नागरिकमाथि कुनै पनि प्रकारको विभेद हुन नदिन सरकारलाई सचेत गराउनुभएको छ । कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले संस्कतिविद् सत्यमोहन जोशीलाई पनि सम्मान समेत गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू