अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२१ | Colorodo: 01:36

पोखरामा डेँगुका विरामीको संख्या बढ्यो

बिआरटीनेपाल २०७६ साउन २३ गते १०:०१ मा प्रकाशित

गण्डकी प्रदेशका विभिन्न जिल्ला र पोखरा महानगरपालिकाका वडाहरुमा डेँगु रोगका विरामी फेला परेका छन् । पोखरा महानगरपालिकाको वडा नं. ८ र ९ मा डेँगु रोगका विरामी फेला परेका हुन् । डेँगुका विरामी फेलापरेपछि लामखुट्टेको टोकाईबाट सतर्क रहन क्षेत्रीय स्वास्थ निर्देशनालय पोखराले आम नागरिकलाई आह्वान गरेको छ ।

अहिलेसम्म पोखरा र आसपासका क्षेत्रमा गरी २१ जना व्यक्तिमा डेँगु रोग देखा परेको पोखरामा बिहिबार अयाोजित कार्यक्रममा क्षेत्रीय स्वास्थ्य निर्देशनालयका एकिकृत चिकित्सक डा. भोजराज गौतमले जानकारी दिनुभयो । मानिसमा सामान्य ज्वरो आउने, जिउ हात दुख्ने, जोर्नीहरू दुख्ने, टाउको दुख्ने र आलस्य हुनेजस्ता लक्षण भएमा डेंगु लागेको हुनसक्ने उहाँले बताउनुभयो । एडिज एजिप्टाई र एडिज अल्बोपिटक्स नामको लामखुट्टेको टोकाईबाट डेँगु सर्ने भएकाले टोकाईबाट बच्नु नै सुरक्षित रहने प्रमुख उपाय भएको डा. गौतमको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू