अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०२ | Colorodo: 16:17

३५ नेपाली ३ महिना देखि साउदी अरबमा अलपत्र

बिआरटीनेपाल २०७६ साउन २२ गते १०:०६ मा प्रकाशित

तीन महिनादेखि कामविहीन भई साउदी अरबको राजधानी रियादमा अलपत्र परेका ३५ जना नेपाली कामदार नेपाली दूतावास परिसरको सेल्टरमा बसिरहेका छन् । कम्पनीले उपयुक्त वास नदिएपछि उनीहरू दूतावासको शरणमा आएको बुझिएको छ ।

उनीहरूलाई दूतावासले एक सातादेखि शरण दिइरहेको समाचारमा उल्लेख छ । दूतावासका गाडी पर्किङ गर्ने ठाउँमा पीडितहरुलाई राखिएको बताईएको छ । उनीहरूलाई काठमाडौंस्थित जेबीआर म्यानपावर कम्पनीले फर्निचरको कामका लागि साउदी पठाएको थियो ।

आफूहरूका समस्या म्यानपावर कम्पनीले सुनुवाइ नगरेको पीडितहरुले बताएका छन् । कम्पनीको व्यवस्थापनलाई नेपाल पठाइदिन अनुरोध गर्दा उल्टो धम्की आउने गरेको उनीहरूको भनाई छ । म्यानपावर कम्पनी र रोजगारदातासँग समन्वय गरी पीडितको उद्धार प्रक्रिया थालिसकेको नेपाली दूतावासले जनाएको छ । (कान्तिपुर)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू