अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३७ | Colorodo: 22:52

ईन्टरनेट सेवा प्रदायक सुविसुको कार्यालयमा आगलागी, लाखौंको क्षती

बिआरटीनेपाल २०७६ साउन २२ गते ९:४१ मा प्रकाशित

निजी क्षेत्रको इन्टरनेट सेवा प्रदायक कम्पनी सुविसुको बालुवाटारस्थित कार्यालयमा बुधबार भीषण आगलागी भएको छ । मध्यान्ह १२ बजेर ४० मिनेटदेखि सुरु भएको आगलागीबाट लाखौंको क्षति भएको छ । महानगरीय प्रहरी कार्यालयका प्रवक्ता श्यामलाल ज्ञवालीले बालुवाटारमा रहेको सुविसुको कार्यालयमा आगलागी भएको जानकारी दिनुभएको छ ।

उहाँका अनुसार कार्यालय परिसरमा राखिएको पेट्रोलबाट आगो फैलिएको हो । यो आगलागीबाट मानवीय क्षति भने भएको छैन । भीषण आगलागी भएको सुबिसु केबल नेटवर्कको मुख्य कार्यालयमा करिब ४० कर्मचारी कार्यरत थिए।

यो भवनमा स्याटेलाइट कक्ष र जेनेरेटरसहितका उपकरणहरू रहेका थिए । आगो नियन्त्रणमा लिन नेपाल प्रहरी, सशस्त्र प्रहरी र दमकल घटनास्थल पुगेका थिए । करिब एक घण्टाको प्रयासमा आगो नियन्त्रणमा आएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू