अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०३ | Colorodo: 04:18

स्वास्थ्य सेवाका कर्मचारीको नयाँ तलबमान सच्याउन चिकित्सक संघको माग

बिआरटीनेपाल २०७६ साउन २२ गते ९:३८ मा प्रकाशित

नेपाल चिकित्सक संघले सरकारले निर्धारण गरेको स्वास्थ्य सेवाका कर्मचारीको तलबमान सच्याउन माग गरेको छ । स्वास्थ्य सेवाका कर्मचारीको तलब कम भएको भन्दै संघले बुधबार एक विज्ञप्ति जारी गर्दै तलबमान सच्चाउन माग गरेका हो । सरकारले २०७६ श्रावण १ गतेदेखि लागू हुने गरी कर्मचारीको नयाँ तलबमान सार्वजनिक गरिएको छ ।

संघले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै प्लस टु अध्ययनपश्चात ५ वर्ष एमबिबिएस अध्ययन गरेका चिकित्सकहरूको र एसएलसी पश्चात्त सेवा प्रवेश गर्ने प्राथमिक तृतीय श्रेणीको शिक्षकको तलब बराबर हैसियतमा विनियोजन गरिको प्रति एनएमको हालको स्वास्थ्य सेवाका कर्मचारीको तलब कम भएको भन्दै असन्तुष्टि जनाएको हो ।

साथै नेपाल सरकारको सेवामा प्रवेश गर्दा एमबिबिएस अध्ययन गरेका चिकित्सकहरूको शुरु नियुक्ती नै ८ औं तहबाट भइरहेको र यस अवस्थामा एसएलसी अध्ययन पश्चात नेपाल सरकारको प्राथमिक तृतीय श्रेणी सरहको तलबमानले चिकित्सकहरूलाई आकर्षित गर्न नसक्ने समेत संघले जनाएको छ। अर्थ मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलगायतका सरोकारवाला निकायसँग तलबमान सच्याउन संघले माग गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू