अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२५ | Colorodo: 12:40

सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, तोलाको ६९ हजार ५ सय

बिआरटीनेपाल २०७६ साउन २२ गते ९:३७ मा प्रकाशित

नेपाली महिलाहरुको महान पर्व तीज नजिकिदै गर्दा नेपाली बजारमा सुनको मूल्य बढेर हरेक दिन नयाँ रेकर्ड कायम हुन थालेको छ । तोलामा एक हजार पाँच सय रुपैंयाले बढेर बुधबार छापावाला सुन प्रतितोला ६९ हजार ५ सय रुपैयाँमा किनबेच भइरहेको छ । नेपाली बजारमा सुनको मूल्य आजसम्मकै सबैभन्दा उच्च हो । अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुनको भाउ बढेसँगै नेपाली बजारमा पनि सुनको मूल्य बढिरहेको छ । साउन सोह्र गतेदेखि सुनको मूल्यमा यसरी वृद्दी भइरहेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तेजाबी सुन प्रतितोला ६८ हजार रुपैंयामा खरिद बिक्री भइरहेको छ । पछिल्लो ६ दिनमा सुनको भाउ चार हजार पाँच सय रुपैंयाले बढेको हो । अमेरिकाले चीनबाट आयात हुने वस्तुमा भन्सार महसुल बढाउँदा त्यसको प्रत्यक्ष असर आर्थिक क्षेत्रमा पर्न गई लगानीकर्ताको आकर्षण सुनतर्फ भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू