अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३६ | Colorodo: 01:51

नोबेल पुरस्कार विजेता साहित्यकार टोनी मोरिसनको निधन

बिआरटीनेपाल २०७६ साउन २२ गते ९:३४ मा प्रकाशित

अमेरिकी चर्चित साहित्यकार टोनी मोरिसनको ८८ बर्षको उमेरमा निधन भएको छ । नोबेल पुरस्कार र पुलिट्जर विजेता मोरिसनको केही समयदेखि बिरामी रहेको उहाँको पारिवारिक श्रोतले जनाएको छ ।

सन् १९९३ मा साहित्यका लागि नोबेल पुरस्कार बिजेता मोरिसनका ११ उपन्यास प्रकाशित छन् । उहाँको पहिलो उपन्यास ‘द ब्लुएस्ट आई’ सन् १९७० मा प्रकाशित भएको थियो । सन् २०१२ मा तत्कालिन अमेरिकी राष्ट्रपति बाराक ओबामाले मोरिसनलाई प्रेसिडेन्सियल मेडल अफ फ्रिडमद्धारा सम्मान गर्नुभएको थियो ।

विश्व चर्चित अमेरिकी प्रकाशन गृह रेन्डम हाउसको सम्पादकसमेत रहेका मोरिसन पहिलो अफ्रो अमेरिकन महिला हुनुहुन्छ । उहाँले सन् १९६७ देखि १९८३ सम्म उक्त जिम्मेवारी सम्हाल्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू