अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२९ | Colorodo: 07:44

‘उत्तर कोरियाद्वारा साइबर हमलामार्फत एक अर्ब ६० करोड अमेरिकी डलर चोरी’

बिआरटीनेपाल २०७६ साउन २२ गते ९:३१ मा प्रकाशित

संयक्त राष्ट्रसंघले उत्तर कोरियाले साइबर आक्रमणमार्फत एक अर्ब ६० करोड अमेरिकी डलर बराबरको चोरी गरेको आरोप लगाएको छ । चुहावट भएको राष्ट्रसंघीय एक दस्तावेज अनुसार उत्तर कोरियाले आफ्नो परमाणु कार्यक्रमका लागि रकम जुटाउनका लागि साइबर आक्रमणको सहारा लिएको उल्लेख छ ।

उक्त सहाराकाट एक अर्ब ६० करोड अमेरिकी डलर बराबरको चोरी गरेको प्रतिवेदनले औंल्याएको छ । गोप्य भनिएको प्रतिवेदनमा उत्तर कोरियाले रकम चोरीका लागि बैंक तथा मुद्रा सटही केन्द्रलाई निशाना बनाएर साइबर आक्रमण गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

राष्ट्रसंघले साइबर आक्रमणका ३५ घटनाको छानबिन गरिरहेको बिबिसीले जनाएको छ । सुरक्षा परिषद अन्तर्गत रहेको उत्तर कोरियामाथि प्रतिबन्ध निर्धारण गर्ने कमिटीमा पेश गरिएको प्रतिवेदनमा उत्तर कोरियालो साइबर–स्पेसमार्फत वित्तिय संस्थालाई लक्षित गरी आक्रमण गरेर त्यसबाट रकम जम्मा गर्ने गरेको उल्लेख छ । उत्तर कोरियाले क्रिप्टो करेन्सी एक्सचेन्ज सेन्टरमा पनि साइबर आक्रमण गर्दै आएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू