अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२० | Colorodo: 13:35

भारतीय पूर्व विदेश मन्त्री सुषमा स्वराजको ६७ वर्षको उमेरमा निधन

बिआरटीनेपाल २०७६ साउन २१ गते १३:०६ मा प्रकाशित

एजेन्सी, नयाँ दिल्ली । भारतीय पूर्व विदेश मन्त्री सुषमा स्वराजको हृदयघातका कारण मङ्गलवार राति ६७ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनलाई अचानक हृदयघात भएपछि राति सवा १० बजे अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) अस्पतालमा भर्ना गरिएको थियो । स्वराजका श्रीमान् र अन्य पारिवारिक सदस्यका साथै केन्द्रीय स्वास्थ्य मन्त्री हर्षबर्धन लगायत अस्पतालमा पुगेका थिए । उनको सन् २०१६ मा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

भारत प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विट मार्फत स्वराज भारतीय राजनीति र समग्र देशको एक प्रेरक व्यक्तित्व भएको बताउँदै स्वराजले सम्पूर्ण जीवन नै राजनीति र सार्वजनिक सेवामा समर्पित गरेको भन्दै प्रशंसा गरेका छन् । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू