अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१९ | Colorodo: 00:34

जम्मु–कश्मीरका नेताहरुको गिरफ्तारी मुर्खतापूर्ण कदम – राहुल गान्धी

बिआरटीनेपाल २०७६ साउन २१ गते ९:४२ मा प्रकाशित

भारतीय कांग्रेसका पूर्व अध्यक्ष राहुल गान्धीले भारत सरकारले गरेको जम्मु–कश्मीरका नेताहरुको गिरफ्तारी असंवैधानिक र अलोकतान्त्रिक भएको बताउनुभएको छ । उहाँले सरकारको यस कदमलाई मूर्खतापूर्ण कदम भएको बताएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

राहुल गान्धीले भन्नुभएको छ , ‘आतंकवादीहरुलाई केन्द्र सरकारले किन मौका दिइरहेको छ? सबै नेताहरुलाई तुरुन्त रिहा गर्नुपर्छ।’ नरेन्द्र मोदी नेतृत्वको भाजपा सरकारले भारतको संविधानमा रहेको धारा ३७० खारेज गर्दै जम्मु–कश्मीरको स्वायत्त राज्यको अधिकार खोसेको छ।

सरकारको पछिल्लो कदमसँगै जम्मु–कश्मिर केन्द्र शासित बनेको छ। धारा ३७० को खारेजीसँगै केन्द्र सरकारले जम्मु–कश्मीरका पूर्व मुख्यमन्त्रीहरु लगायतका नेताहरुलाई गिरफ्तार गरी हिरासतमा लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू