अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:०५ | Colorodo: 15:20

आवश्यकता र औचित्य पुष्टि भए मात्रै संविधान संशोधन –संचारमन्त्री बाँस्कोटा

बिआरटीनेपाल २०७६ साउन २१ गते ९:३६ मा प्रकाशित

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आवश्यकता र औचित्य पुष्टि भए मात्रै संविधान संशोधन हुने बताउनुभएको छ । आज जनकपुरमा पत्रकारहरुसँग कुरा गर्दै उहाँले वर्तमान संविधान अहिलेसम्मकै उत्कृष्ट रहेको दाबी गर्दै त्यसलाई आवश्यकता र औचित्यको आधारमा संशोधन गरिने धारणा राख्नुभयो ।

तीन तहकै सरकारले आ–आफ्ना जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्नुपर्ने बताउँदै मन्त्री बाँस्कोटाले प्रदेश २ सरकार जिम्मेवारी छाडेर एक कदम अगाडि बढ्न खोजेको आरोप लगाउनुभयो । सञ्चारमन्त्री बाँस्कोटाले विकास नै प्रमुख प्राथमिकतामा भएकाले बजेटको समयमै सदुपयोग गर्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले प्रदेश २ मा नेपाल रेल्वे, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल,मदन भण्डारी राजमार्ग,कोशी करिडोर, नारायणी करिडोरलगायतका परियोजनाहरु सञ्चालनमा ल्याएको जानकारी दिनुभयो । सरकारका मन्त्रीहरुले गर्ने कामको मूल्यांकन पनि स्वयं नेपाली जनताले नै गर्ने मन्त्री बाँस्कोटाको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू