अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:११ | Colorodo: 02:26

नवजात शिशुको मृत्युपछि ग्रान्डी अस्पतालमा प्रदर्शन

बिआरटीनेपाल २०७६ साउन २१ गते ९:३० मा प्रकाशित

आईभिएफ प्रविधिबाट जन्माइएको नवजात शिशुको उपचारको क्रममा चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै आक्रोशित मृतकका आफन्तले धापासीस्थित ग्रान्डी अस्पतालमा आन्दोलन जारी राखेका छन्।

नुवाकोटकी निशा तामाङले असार २० गते ग्रान्डी अस्पतालमा जुम्ल्याहा छोरी जन्माएकी थिइन्। तीमध्ये एकको साउन ६ गते निधन भएको थियो। लाखौँ रुपैयाँ खर्च गरेपछि उक्त अस्पतालमा जुम्ल्याहा छोरी जन्माइएको तर एकको चिकित्सकको लापरबाहीका कारण मृत्यु भएकाले उपचारमा संलग्न चिकित्सकलाई कारबाही गर्नुपर्न र आवश्यक क्षतिपुर्ती दिनुपर्ने माग अघि सार्दै उनिहरुले आन्दोलन जारी राखेका हुन्। त्यसक्रममा उनिहरुले १५ दिनदेखि अस्पतालमा अलपत्र शिशुको शव उठाउन मानेका छैनन्।

तर ग्रान्डी अस्पतालका महा प्रबन्धक विकाशमान श्रेष्ठले शिशुको मृत्युमा चिकित्सकको कुनैपनि लापरबाही नभएको, उल्टै मृतकका आफन्तले भिड जम्मा गरेर क्षतिपुर्ती लिन खोजिरहेको दावी गर्नुभयो । मृतकका आफन्तलाई चित्त नबुझे न्यायका लागि नेपाल मेडिकल काउन्सिल र अदालत जाने बाटो खुला रहेको र घटनाको छानबिनमा अस्पताल प्रशासनले समेत सहयोग गर्ने श्रेष्ठको भनाई छ ।

अस्पतालका अनुसार डेलिभेरीपछि ती जुम्ल्याहा छोरीमा संक्रमण देखिएको थियो। तीमध्ये एकलाई उपचारका लागि आफन्तकै इच्छाअनुसार अन्यत्र पठाइएको र अर्कोलाई ग्रान्डीमै एनआईसीयूमा राखेर उपचार भएको अस्पतालले जनाएको छ। नियम अनुसार अस्पतालमा कुनै विरामीको उपचारका क्रममा मृत्यु भए शवलाई तीन दिन मात्र अस्पताल प्रशासनले राख्ने व्यवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू