अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५८ | Colorodo: 05:13

सार्वजनिक लेखा समितिको बैठक स्थगित

बिआरटीनेपाल २०७६ साउन २१ गते ९:१९ मा प्रकाशित

उद्योग सचिव यमकुमारी खतिवडा र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी अनुपस्थित भएपछि प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखासमिति बैठक स्थगित भएको छ । धादिङमा निर्माणाधीन ह्वाङसी सिमेन्ट उद्योगले खोलो मिचेर पूर्वाधार बनाएको उजुरी परेपछि लेखा समपति सदस्य लेखराज भट्ट संयोजकत्वको उपसमितिले अध्ययन गरेको थियो ।

लगानी बोर्डबाट लगानी स्वीकृति गराई चिनियाँ उद्योगीले धादिङमा निर्माण गरिरहेको सिमेन्ट उद्योगबाट देखिएको समस्याबारे अध्यययन गर्न उपसमिति गठन गरिएको थियो। अध्ययनको क्रममा उपसिमतिले प्रयाप्त कागज समेत नपाएको गुनासो गरेको छ । उद्योग निमार्णका क्रममा खोलाको धार मिचेको भेटिएको थियो। खोलाको धार मिच्दा खेत बगाउने समस्या देखिएको, उद्योगबाट निस्कने प्रदुषणयुक्त पदार्थ खोलाको पानीमा मिसिन सक्ने देखिएको उपसिमतिको प्रतिवेदनमा उल्लेख गरिएको छ।

स्थानीयले सिमेन्ट कारखानाका लागि चाहिने विद्युत प्रसारण लाइन किसानहरुको खेतमा पर्ने भएपछि क्षतिपूर्ति माग गरेका थिए । यसैबारे छलफल गर्न समितिले उद्योग मन्त्रालय र लगानी बोर्डका प्रतिनिधि बोलाएर छलफल गर्न खोजेको थियो। यसबारे अर्को छलफलको मिति समितिले निर्धारण गरेको छैन । १५ अर्बको लगानीमा चिनियाँ ह्वासिन कम्पनीले त्यो उद्योग निर्माण सुरु गरेको पाँच महिना भएको छ । नौ महिनामा निर्माण सम्पन्न गरी दैनिक ६० हजार बोरा सिमेन्ट उत्पादन गर्ने गरी उद्योगको निर्माण सुरु गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू