अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१६ | Colorodo: 20:31

कर्मचारी अध्ययन बिदामा कडाइ गरिन्छ – मन्त्री पण्डित

बिआरटीनेपाल २०७६ साउन २१ गते ९:१७ मा प्रकाशित

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले उचित कारण नदेखाई कर्मचारीहरुलाई अध्ययन बिदा नदिने स्पष्ट पार्नुभएको छ । मन्त्री पण्डितले अध्ययन बिदाका लागि बाहिर गएका कर्मचारीहरुले त्यहाँ गएर जागिर खाने गरेको पाइएको उल्लेख गर्दै उचित कारण पेश गरेपछि मात्रै कर्मचारीहरुलाई विदेशमा अध्ययन गर्न जान दिने प्रष्ट पार्नुभयो ।

मंगलबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा मन्त्रालयले उचित ठानेपछि मात्रै कर्मचारीहरुलाई विदेशमा अध्ययनका लागि बिदा दिन सकिने मन्त्री पण्डितको भनाई छ । समितिको बैठकमा ‘संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा मन्त्री पण्डितले आफू अघिल्लो पटक मन्त्री हुँदा अमेरिका अध्ययन गर्न गएका एक कर्मचारीले अध्ययन नगरेको पाइएपछि सेवाबाटै हटाएको पनि स्मरण गराउनुभयो ।

मन्त्री पण्डितले कर्मचारीहरुले कार्यालय समयमा निजी प्रयोजनका लागि कार्यालयको टेलिफोन प्रयोग गर्न नदिने अडान पनि राख्नुभएको छ । कार्यालय समयमा निजी मामिलामा फोनको दुरुपयोग कर्मचारीहरुले गर्ने गरेको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्ने पनि मन्त्री पण्डितले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू