अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५१ | Colorodo: 19:06

उर्जा मन्त्री पुन र कुलमान घिसिङ ‘श्री ३ महाराज’, कमिशनका लागि काम गरेको आरोप

बिआरटीनेपाल २०७६ साउन २१ गते ९:१६ मा प्रकाशित

प्रतिनिधिसभाको बैठकमा ऊर्जा, जलस्रोत तथा सिञ्चाईमन्त्री वर्षमान पुन र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई श्री ३ महाराजको संज्ञा दिँदै जुम्लाका सांसद गजेन्द्र बहादुर महत कटाक्ष गर्नुभएको छ ।

जुम्लाको विद्युत समस्याबारे कुरा गर्न खोज्दा मन्त्री पुन र घिसिङले फोन नउठाएको र भेट्न समय पनि नदिएको भन्दै आक्रोशित महतले यस्तो संज्ञा दिनुभएको हो । जुम्ला सदरमुकाम अन्धकार रहेको भन्दै महतले उर्जामन्त्री पुन र निर्देशक घिसिङ्गले जनताको आवाजलाई कुनै वास्ता नगरेको बताउनुभयो ।

२०३८ सालमा स्थापित २ सय किलोवाटको लघु जलविद्युत आयोजना बिग्रँदा जुम्ला अन्धकारमा बस्न बाध्य भएको महतको भनाई थियो । दुबैले कमिशनका लागि काम गरिरहेको महतले आरोप लगाउनुभयो । बिजुली नभएकैले जुम्लामा मोवाइल फोन चलाउन समस्या भएको उहाको दुखेसो थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू