अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१६ | Colorodo: 19:31

संसद् सुचारु गराउन भएको सहमतिलाई हारजीत नठानौँ – सांसद् प्रदीप गिरी

बिआरटीनेपाल २०७६ साउन २१ गते ९:१५ मा प्रकाशित

नेपाली कांग्रेसका सांसद प्रदिप गिरिले संसद अवरोध खोल्नकालागि भएको सहमतिलाई राजनीति आरोप प्रत्यारोपको विषय नबनाउन सबै दलको ध्यानाकर्षण गाउनुभएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकको विशेष समयमा सांसद गिरिले सत्तापक्ष र प्रतिपक्षी दल दुवैले संसदीय मर्यादा कायम गर्दै गरेको निर्णयलाई दलीय आधारमा व्याख्या र विश्लेषण नगर्न सचेत गराउनुभयो ।

संसदीय प्रणालीका बारेमा फरक मत राख्ने र वर्गशत्रुका रूपमा रहेका दुई पक्षको खतरनाक द्वन्द्वबाट निकास निकालेर प्रतिनिधिसभालाई स्वीकार गरेको स्मरण गराउदै गिरीले असहमत हुनका लागि सहमति हुने थलोको रूपमा प्रतिनिधिसभा रहेकाले त्यसको मर्यादा कायम गर्नका लागि सहभागी सबैले ध्यान पुर्याउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले मुलुकका विभिन्न स्थानमा बाढी, पहिरो र डुबानबाट प्रभावितका लागि संघीय राज्यको सिद्धान्त पालना नहुन्जेल उदारतापूर्वक केन्द्र सरकारबाट अनुदान पठाउने व्यवस्था मिलाउन गृहमन्त्रालय र सरकारलाई आग्रह समेत गर्नुभएको छ । यसअघि, प्रतिनिधिसभा बैठकमा नेकपाका सांसद नवराज सिलवालले प्रतिपक्षी दलले सदनको कामकारबाही अवरोध गरेकाले गल्ती गरेको र पछि गएर सहमती खोल्न लागेको आरोप लगाउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू