अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५९ | Colorodo: 22:14

सरकारले हिटलर शैलीको सिको गर्न खोज्यो – कांग्रेस सभापति देउवा

बिआरटीनेपाल २०७६ साउन २१ गते ९:०८ मा प्रकाशित

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले हिटलर शैलीको सिको गर्न खोजेको आरोप लगाउनुभएको छ । नेपाल पत्रकार महासंघ कास्कीले मंगलबार पोखरामा गरेको कार्यक्रममा उहाँले वर्तमान सरकार दुईतिहाइको दम्भमा कानुनहरु बनाउँदै सत्ता कब्जाको रणनीतिमा लागेको आरोप लगाउनुभयो ।

सभापति देउवाले सन्चार, मानवअधिकार र सेनालाई आफ्नो नियन्त्रणमा राख्न खोज्नुले सरकार स्वतन्त्रता र प्रजातन्त्रविरुद्ध काम गरिरहेको स्पस्ट भएको जिकिर गर्नुभएको छ । प्रजातन्त्रको रक्षाका लागि कांग्रेसले जनतालाई दुःख नदिइ शान्तिपूर्ण आन्दोलन गर्ने उहाँले चेतावनी समेत दिनुभएको छ । नेपाली काँग्रेस सधै लोकतन्त्र, स्वतन्त्र पत्रकारिता, मानव अधिकार, व्यक्ति स्वतन्त्रता र स्वतन्त्र न्यायलयको पक्षमा उभिने सभापति देउवाको भनाई थियो ।

स्वतन्त्र प्रेसलाई नै अंकुश लगाउनेगरी ल्याइएको प्रेस काउन्सिल विधेयकलाई नेपाली काँग्रेसले कुनै पनि हातलमा संसदबाट पास हुन नदिने देउवाले जिकिर गर्नुभयो । विधेयकको विरुद्धमा काँग्रेस डटेर लड्ने देउवाको भनाई थियो ।

कार्यक्रममा प्रजातन्त्र सेनानी दयाशंकर पालिखे स्मृति पत्रकारिता सम्मानबाट पत्रकार रवीन्द्रनाथ बास्तोलालाई पुरस्कृत गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू