अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:१६ | Colorodo: 21:31

सुनको मूल्य इतिहासकै उच्च– तोलाकै ६७ हजार ८ सय कायम

बिआरटीनेपाल २०७६ साउन २० गते १०:१३ मा प्रकाशित

सुनको भाउ फेरि बढेको छ । नेपाली बजारमा सुनको मूल्यले रेकर्ड राख्ने क्रममा इतिहासकै उच्च मूल्यमा कारोबार भएको छ । नेपाल सुन चाँदी व्यवसायी सङ्घले सोमबारका लागि छापावाल सुनको प्रतितोला मूल्य ६७ हजार ८ सय रुपैयाँ कायम गरेको छ । आइतबार पनि रेकर्ड मूल्य मै अर्थात् ६६ हजार ३ सयमा कारोबार भएको थियो ।

सोमबार तेजाबी सुनको प्रतितोला मूल्य नै ६७ हजार ५ हजार पुगेको छ । यो मूल्य सबैभन्दा उच्च रहेको नेपाल सुनचाँदी व्यवसायी सङ्घले जनाएको छ । पछिल्ला केही सातायता सुनको भाउ लगातार बढिरहेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ लगातार बढ्दा त्यसको असर नेपाली बजारमा पनि देखिएको नेपाल सुनचाँदी व्यवसायी सङ्घका पूर्वअध्यक्ष तेज रत्न शाक्यले बताउनुभयो ।

अमेरिका–इरानबीचको बढ्दो तनाव तथा अमेरिका–चीन व्यापार युद्धको असर अन्तर्राष्ट्रिय सेयर बजारमा परेको र सुनको मूल्य पनि प्रभावित भएको बताइएको छ । अमेरिकी केन्द्रीय बैंकले ०.३ प्रतिशतले ब्याजदर घटाए पछि त्यसको असर पनि सुनको मूल्यमा परेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू