अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४६ | Colorodo: 08:01

निर्मला पन्तलाई न्याय माग्दा प्रहरीको गोली लागेका भण्डारीलाई सरकारले मासिक २५ हजार दिने

बिआरटीनेपाल २०७६ साउन १९ गते १०:२३ मा प्रकाशित

सरकारले कञ्चनपुरमा प्रहरीको गोलीबाट घाइते भएका अर्जुन भण्डारीलाई मासिक २५ हजार रुपैयाँ राहत दिने निर्णय गरेको छ। कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको गत वर्ष साउनमा बलात्कारपछि हत्या भएकोमा दोषीलाई पक्राउ गरी कारबाहीको माग राख्दै भएको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर भण्डारी घाइते भएका थिए।

सरकारका प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले गत बिहीबार बसेको मन्त्रिपरिषद बैठकको निर्णय आइतबार सुनाउँदै भण्डारीलाई राहत दिने निर्णय भएको जानकारी दिनुभयो । भण्डारीको अझै पनि त्रिवि शिक्षण अस्पतालमा उपचार भइराखेको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू