अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४७ | Colorodo: 00:02

हङकङमा प्रदर्शन झनै चर्कियो, सेनाले दियो कडा चेतावनी

बिआरटीनेपाल २०७६ साउन १९ गते १०:१६ मा प्रकाशित

हङकङमा विवादास्पद सुपुर्दगीसम्बन्धी विधेयकका विषयलाई लिएर सुरु भएको प्रदर्शन चर्कंदै गएको छ ।९ हप्तादेखि प्रदर्शन गर्दै आएकाहरुमाथि प्रहरीले पनि दमन बढाएको छ । विरोध प्रदर्शन सुरु गर्नुअघि प्रदर्शनकारीले मोङ कप जिल्लामा निकालेको र्यालीमा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।प्रदर्शनकारीहरुले सोमबारका लागि आह्वान गरिएको हड्तालमा सहभागी हुन आह्वान गरेका छन् ।

यसैबीच बेइजिङ र चिनियाँ सेनाले हङकङमा जारी तनावलाई लिएर कडा चेतावनी दिएका छन् ।सरकारले विधेयक तत्कालका लागि स्थगित गरे पनि प्रदर्शनकारीले पूर्णरूपमा खारेज हुनुपर्ने माग गरेका छन् । सरकार र प्रदर्शनकारी दुवै पक्षले आ–आफ्नो अडान कडा पार्दै लगेको अवस्थामा प्रदर्शन रोकिने संकेत देखिएको छैन ।प्रदर्शनकारीहरुले प्रजातान्त्रिक अधिकार थप गर्नुपर्ने र हङकङकी नेतृ क्यारी लामको राजीनामा माग गरेका छन् । प्रदर्शनकारीहरुले सुपुर्दगी विधेयकले हङकङलाई योजनाबद्ध ढंगबाट चीनको पूर्ण नियन्त्रणमा ल्याउन खोजेको आरोप लगाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू