अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०७ | Colorodo: 19:22

समुद्री क्षेत्रबाट इरानले फेरि अर्को तेल ट्यांकर नियन्त्रणमा लियो

बिआरटीनेपाल २०७६ साउन १९ गते १०:१४ मा प्रकाशित

इरानले फेरि अर्को विदेशी ट्यांकरलाई समुद्री क्षेत्रबाट नियन्त्रणमा लिएको छ । इरानको सरकारी सञ्चारमाध्यमका अनुसार खाडी क्षेत्रबाट एउटा विदेशी तेल ट्यांकर नियन्त्रणमा लिइएको हो ।इरानी सेनाका एक कमाण्डरलाई उद्धृत गर्दै समाचार एजेन्सीहरुले जनाएअनुसार इरानको नौसेनाले एउटा विदेशी ट्यांकरलाई फारसको खाडी क्षेत्रबाट कब्जामा लिएको हो । उक्त ट्यांकरमा सात लाख लिटर इन्धन लोड गरिएको बताइएको छ । ट्यांकरमा सवार सात जना चालक दलका सदस्यलाई पनि इरानले नियन्त्रणमा लिएको छ ।

इरानसँगको परमाणु सम्झौताबाट अलग हुँदै अमेरिकाले इरानविरुद्ध कडा आर्थिक नाकाबन्दी गरेपछि इरानले पनि कडा रुपमा प्रस्तुत हुँदै आफ्नो क्षेत्रबाट गुज्रने विदेशी ट्यांकरलाई नियन्त्रणमा लिन थालेको हो ।

यसअघि जुलाइ १३ मा पनामामा दर्ता भएको तेल ट्यांकरलाई इरानले कब्जामा लिएको थियो । अघिल्लो महिनामै इरानले होरमुज खाजीमा एक बेलायती ट्यांकरलाई पनि नियन्त्रणमा लिएको थियो ।पछिल्लो पटक नियन्त्रणमा लिइएको ट्यांकर कुन देशको हो भन्ने खुलाइएको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू