अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०१ | Colorodo: 03:16

१३ औंँ सागको तयारीका लागि संसदीय उपसमिति गठन

बिआरटीनेपाल २०७६ साउन १९ गते १०:१० मा प्रकाशित

१३ औंँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को तयारीको अनुगमन गर्न संसदीय उपसमिति पनि गठन गरिएको छ । संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको आइतबार सिंंहदरबारमा बसेको बैठकले राष्ट्रको इज्जतसँग जोडिएको सो खेलकुद प्रतियोगिता सफल बनाउने गरी सरकारलाई आवश्यक निर्देशन दिन ५ सदस्यीय उपसमिति गठन गरेको हो ।

प्रतियोगिता राष्ट्रको इज्जतसँग जोडिएको विषय भएकाले त्यसलाई तोकिएको समयमा सफलतापूर्वक सम्पन्न हुनेगरी तयारी गर्ने कार्यमा सरकारलाई सघाउ र्पुयाउने उद्देश्यका साथ समितिका सदस्य जीवनराज श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय उपसमिति गठन गरिएको समितिकी सभापति जयपुरी घर्तीले जानकारी दिनुभयो । उपसमितिका अन्य सदस्यहरुमा नमिताकुमारी चौधरी, गजेन्द्रबहादुर महत, नविना लामा र नारायणप्रसाद मरासिनी रहनु भएको छ ।

खेलकुद प्रतियोगिता आउँदो मंसीर १५ गतेदेखि २४ गतेसम्म नेपालमा आयोजना हुँदैछ । त्यसको तयारीको कामको अनुगमन गरी सरकारलाई आवश्यक निर्देशन दिने कार्यादेश पनि उपसमितिलाई दिइएको समितिकी सभापति घर्तीले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू