अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२० | Colorodo: 21:35

शताब्दी पुरुष जोशीलाई अभिनन्दन

बिआरटीनेपाल २०७६ साउन १९ गते ९:५९ मा प्रकाशित

काठमाडौँ, १९ साउन । रोटरी क्लब ललितपुर मिडटाउनले शताब्दी पुरुष डा. सत्यमोहन जोशीलाई अभिनन्दन गरेको छ । क्लबले ललितपुरस्थित होटेल हिमालयमा एक कार्यक्रमको आयोजना जोशीलाई सम्मान पत्रसहित दोसल्ला ओढाएर अभिनन्दन गरेको हो ।

सम्मान तथा अभिनन्दन ग्रहणपछि संस्कृतिविद् समेत रहेका जोशीले क्लबको कार्यको प्रशंसा गरेका थिए । उनले रोटरीले आफूलाई सम्झेर सम्मान गरेकामा खुसी व्यक्त गरे । कार्यक्रमको प्रमुख अतिथिका रूपमा सहभागी भएका डा. जोशीलाई क्लबका पेप्सिडेन्ट रमेशसिंह प्रधानले सम्मान प्रदान गरेका थिए ।

पेप्सिडेन्ट प्रधानको सभापतित्वमा आयोजित कार्यक्रममा वरिष्ठ नाट्यकर्मी प्रचण्ड मान श्रेष्ठले शताब्दी पुरुष जोशीको व्यक्तित्वबारे चर्चा गरेका थिए । श्रेष्ठले भने, ‘शताब्दी पुरुष जोशीको योगदानलाई सम्मान गर्दै अङ्गीकार गर्न आवश्यक छ ।’

दीप प्रज्वलन तथा नेवारी संस्कृति अनुसार पूजाआजा गरेर शुभारम्भ गरिएको कार्यक्रममा उपस्थिति पाहुनालाई नात्येश्वर मुर्तिको मायाको चिनो प्रदान गरिएको कार्यक्रममा संयोजक सुरबहादुर श्रेष्ठले बताए ।  

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू