अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१९ | Colorodo: 08:34

मन्त्रीपरिषद् बैठक– ८ जनाको नागरिकता खारेज, राष्ट्रसेवक कर्मचारी तथा शिक्षकको नयाँ तलबमान तोकिने

बिआरटीनेपाल २०७६ साउन १९ गते १०:०० मा प्रकाशित

नेपाल सरकार मन्त्रीपरिषद् बैठककमा निर्णयहरु सार्वजनिक गरिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले झुटो विवरण पेस गरी नागरिकता लिने ८ जनाको नागरिकता खारेज गरेको छ ।
आइतबार दिउँसो मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेनलमा झुटो विवरण पेस गरी नागरिकता लिने आठ जनाको नागरिकता रद्ध गर्नुका साथै नेपाली नागरिकबाट हटाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचन प्रविधि मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिनुभयो ।

सरकारले अशोक साह, विन्दे महतो, दानादेवी महतो (विन्दे महतोकी पत्नी, वैवाहिक अंगीकृत), सोसील महतो (दानादेवीकी बुहारी), राजेन्द्र महतो, राजेश्वर महतो, रामकिशोर महतो र राजकुमार महतोको नागरिकता रद्ध गरेको हो। त्यस्तै, बैठकले खुल्ला विश्वविद्यालयलाई शिक्षक तथा विद्यार्थी आदानप्रदानका लागि भिसा शुल्क छुट दिने निर्णय गरेको छ ।

सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि राष्ट्रसेवक कर्मचारी तथा शिक्षकको नयाँ तलबमानमा तोक्ने निर्णय गरेको मन्त्री बाँस्कोटाले बताउनुभयो । त्यसैगरी, सरकारले प्रदेश तथा स्थानीय तहमा समायोजन भएका कर्मचारीको आर्थिक वर्ष २०७५/०७६ को तलबमान निर्धाण गर्ने निर्णय गरेको पनि मन्त्री बाँस्कोटले जानकारी गराउनुभयो । सरकारले निवृत्तभरण कोष स्थापना नभएसम्मका लागिे कोष सञ्चालनको जिम्मा कर्मचारी सञ्चय कोषलाई दिने निर्णय गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू