अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०२ | Colorodo: 05:17

यस पटक कथा शैली नै भिन्न रहेको छ: निर्देशक आचार्य

बिआरटीनेपाल २०७६ साउन १९ गते ९:३६ मा प्रकाशित

ट्रेलर सार्वजनिक भएसँगै दर्शकले नोटिस गरिरहेका छन् , हजार जुनीसम्मलाई । युट्युबमा ट्रेलर आएको १० दिनको अन्तरालमा यसलाई १० लाख बढीले हेरिसकेका छन् । फिल्मलाई चर्चित सिरिज ’नाई नभन्नु ल’ विकाश राज आचार्यले निर्देशन गरेका हुन् । लेखक हुँदै निर्देशनमा आएका विकाशले केही वर्ष यता नाइँ नभन्नु ल सिरिजलाई नै अगाडी बढाई रहेका छन् । तर, यति बेला उनले आफ्नो ब्यानरबाट पर हटेर ’हजार जुनीसम्म’ निर्देशन गरेका छन् । टिम उस्तै भए पनि मर्म भने केही फरक छ । यस पटक कथा शैली नै भिन्न रहेको विकाश बताउँछन् ।

हजार जुनीसम्म नै किन ?
नाई भन्नु ल नै सफल भईरहदा विकाशले अरू काम गर्दैन भन्ने चर्चा पनि हुन्थ्यो । मलाइ पनि बाहिरको ब्यानरमा काम गर्न मन न लाग्ने होइन , तर टिम मिल्नु पर्छ । म तयार थिए र टिम बन्यो त्यसपछि हामीले हजार जुनीसम्मलाई तयार गर्‍यौ । कथाको डिमाण्ड अनुसार नै कलाकारलाई चयन गर्‍यौ । नाई नभन्नु ल सिरिज केही सेन्टिमेन्टल पनि छ , यसलाई भने रमाइलो फ्यामिली ड्रामा बनाऊ भनेर पनि यो तयार गरेका हौ । प्रेम उहिँ हो , पारिवारिक ड्रामा नै हो तर पनि प्रस्तुतीकरण र कथ्य शैली भने फरक छ ।

के यो नाइँ नभन्नु ल ६ हो ? , भन्ने चर्चा पनि चलिराछ नि ?
नाई नभन्नु ल भन्ने बित्तिकै एउटा सेन्टिमेन्टल सिरिज नै दर्शकको अपेक्षा हुन्छ । एउटा छुटै छाप परिसकेको छ त्यसको । तर , यो रमाइलो पारिवारिक फिल्म हो । नाई नभन्नु ल सिरिज रुचाउने दर्शकलाई यो त मन पर्छ नै साथै एउटा कलर फुल फिल्म रुचाउने दर्शकले पनि यसमा इन्जोय गर्नु हुन्छ । मेरो प्याटर्न त छ नै तर यस पटक केही नयाँ पनि छ ।

नाई नभन्नु ल कै अधिकांश कलाकार छन् नि ?
हो । किनकि एक पटक टिम वर्क भएको कलाकारसँग काम गर्न निकै सजिलो हुन्छ । अनि नयाँ सदस्यको रूपमा सलोन बस्नेत र डेब्यु ब्वाई अखिलेश प्रधान हुनुहुन्छ । म प्राय काम गर्दा मलाइ बुझोस् भन्ने लाग्छ , एक पटक काम गरिसकेकाले बुझिसकेका हुन्छन् । साथै , हाम्रो ब्यानरबाट नयाँ प्रतिभाले मौका पाओस् भनेर नै हामी नयाँ अनुहारको खोजीमा हुन्छौ । तर , हजार जुनीसम्म फिल्म हेर्नु भयो भने तपाईँले बुझ्नु हुन्छ । हामीले चयन गरेको कलाकार र उनीहरूले निर्वाह गरेको भूमिकाको विकल्प नै छैन । नाई नभन्नु ल सिरिजकै अधिकांश कलाकार किन भन्ने प्रश्नको जवाफ फिल्मले नै दिन्छ ।

सिरिजबाट बाहिर आउँदाको अनुभव ?
नाई भन्नु ल पनि सिरिज हो सिक्वेल होइन । त्यसैले त्यहाँ पनि कथा विभिन्न तरिकाले प्रस्तुत गरेका थियौ । यस पटक पनि त्यही हो । हामीले केवल प्याटर्न फरक गरेका हौ । त्यसैले त्यस्तो फरक हुँदैन , मलाइ । तर, म आतुर छु कि दर्शकले कस्तो प्रतिक्रिया दिनु हुन्छ । फिल्मलाई मन छुने बनाएको छु । यसमा हासो, रोदन, माया, पारिवारिक दायित्व सबै मिश्रित छ । साउन ३० मा लाग्दैछ, त्यसैले आतुर छु ।

फिल्ममा आर्यन सिग्देल, स्वस्तिमा खड्का, सलोन बस्नेत, सञ्चिता लुइँटेल, शिव हरी पौडेल, अखिलेस प्रधान, सञ्चिता लुइँटेल र अनुभव रेग्मी लगायतको अभिनय रहेको छ । फिल्मलाई प्रेम कथामा आधारित फ्यामिली ड्रामा भनिएको छ । निर्देशक आचार्यले फिल्मको पटकथा सामीप्यराज तिमल्सेनासंगको सहकार्यमा तयार पारेका हुन् । फिल्ममा आर्यनसंगै स्वस्तिमा खड्का, सञ्चिता लुइँटेल, शिवहरि पौडेल, सलोन बस्नेत, अनुभव रेग्मीसँगै अखिलेस प्रधानको अभिनय रहेको छ । फिल्ममा कविराज गहतराजको नृत्य, उदयराज सोताङ, राजनराज सिवाकोटी, वसन्त सापकोटा र प्रवीण पौडेलको सङ्गीत, अर्जुन जिसीको सम्पादन छ । यसमा विशाल चाम्लिङ निर्माता छन् भने कार्यकारी निर्मात्री कविता रेग्मी हुन् । फिल्म आउँदो साउन ३० मा रिलिज हुँदैछ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू