अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३० | Colorodo: 01:45

भारतले कश्मीरमा १० हजार सेना पठायो, पर्यटक र तिर्थालुलाई तत्काल फर्कन निर्देशन

बिआरटीनेपाल २०७६ साउन १८ गते १०:०० मा प्रकाशित

भारत प्रशासित कश्मीर क्षेत्रमा भारत सरकारले हिन्दु तिर्थालु तथा पर्यटकलाई तत्काल त्यस क्षेत्र छाड्न निर्देशन दिएको छ । सरकारको निर्देशनपछि पर्यटक र तीर्थयात्रीहरुमा त्रास र अन्योल सिर्जना भएको छ ।

शुक्रबार भारत सरकारले अप्रत्यासित रुपमा विवादित क्षेत्र छाड्न निर्देशन दिएपछि उक्त क्षेत्रका बासिन्दा त्रसित बनेका हुन् । अमरनाथ गुफाको यात्रामा रहेका हिन्दु तिर्थालुलाई समेत लक्षित गर्दै उक्त क्षेत्र छाड्न निर्देशन दिएपछि उनीहरु समेत फर्किने तरखरमा छन् ।

४५ दिन लामो यो तिर्थयात्रा गर्न हरेक वर्ष हजारौँको भीड लाग्ने गर्छ । भारतले कश्मीरमा १० हजार सेना तैनाथ गरेको केही दिनमै यस्तो निर्देशन दिएको हो । भारतले १० हजार सेना कश्मीरमा तैनाथ गरेपछि नै कश्मीर क्षेत्रमा त्रास फैलिन थालेको बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू