अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१४ | Colorodo: 00:29

पुर्व प्रधानमन्त्री बाबुराम भट्टराई ’पीएचडी’ पढाउँदै

बिआरटीनेपाल २०७६ साउन १८ गते ९:५८ मा प्रकाशित

पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका संयोजक डा. बाबुराम भट्टराईले पिएचडीको कक्षा लिनुभएको छ । शनिबार बिहान कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय पुगेर उहाँले विद्यार्थीलाई लेक्चर दिनुभएको हो । तर, भट्टराईले उक्त कक्षालाई ’छलफल’ भन्नुभएको छ ।

त्रिवि ग्रामीण विकास केन्द्रीय विभागमा विद्यावारिधिको शोध (पीएचडी थेसिस) गरिरहेका विद्यार्थीलाई ’नेपालको अर्थ राजनीतिको दिशा’ शीर्षकमा भट्टराईले छलफल गर्नुभएको हो ।

भट्टराईको ’प्रिजेन्टेसन’ मा विकास र समृद्धिको अवधारणा, नेपालको उत्पादन प्रणालीको चारित्र, गाउँ सरहको विभेदीकरण, आर्थिक क्रान्तिको मार्गचित्र लगायतका विषय समेटिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू