अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०७ | Colorodo: 08:22

कैलालीमा प्रहरीविरुद्ध विप्लवको ’पक्राउ पुर्जी’, जुनसुकै बेला ’इन्काउन्टर’ गर्न आदेश

बिआरटीनेपाल २०७६ साउन १८ गते ९:५५ मा प्रकाशित

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले प्रहरीविरुद्ध नै पक्राउ पुर्जी जारी गरेको छ । प्रहरीले देशभर आफ्ना कार्यकर्तालाई पक्राउ गरी मुद्दा चलाइरहेका बेला कैलालीमा भने प्रहरी विरुद्ध पक्राउ पुर्जी जारी गर्दै ईन्काउन्टर गर्न आदेश दिउको छ । नेकपाले राष्ट्रिय अनुसन्धान विभागका एक असईलाई ‘पक्राउ पुर्जी जारी गरेपछि सरकार र विप्लव बीचको तनाव बढ्ने आशंका गरिएको छ ।

साउन १७ गते अर्थात् शुक्रबार जारी गरिएको पक्राउ पुर्जीमा राष्ट्रिय अनुसनधान विभागका असई भैरव कुँवरलाई २५ दिनभित्र उपस्थित हुन भनिएको छ । कैलाली जनअदालत प्रमुख विकासको नामबाट उक्त पक्राउ पुर्जी जारी गरिएको छ । पक्राउ पुर्जी कुँवरको घर आसपास सार्वजनिक स्थानहरूमा टाँसिएको छ । कुँवरमाथि नेकपाका नेता कार्यकर्ताको सुराकी, अपहरण र ज्यान मार्ने उद्योग गरेको आरोप लगाइएको छ।

पक्राउ पुर्जीमा जुनसुकै बेला पनि ’इन्काउन्टर’ गर्न आदेश जारी गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले यस विषयमा आधिकारिक धारणा सार्वजनिक गरेको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । विप्लवका २ कार्यकर्ता पक्राउ कैलालीमा प्रहरीले विप्लव समूहका २ कार्यकर्तालाई पक्राउ गरेको छ ।

कैलालीको गौरीगंगा नगरपालिकास्थित चौमाला क्षेत्रबाट विप्लव समूहका मिडिया एरिया इन्चार्ज नन्द बहादुर बमलाई प्रहरीले पक्राउ गरेको हो । बमलाई शुक्रबार राति नियन्त्रणमा लिइएको प्रहरी स्रोतले बताएको छ । त्यस्तै प्रहरीले शनिबार दिउँसो टिकापुरबाट विप्लवका एक कार्यकर्ता पक्राउ गरेको छ। जानकी गाउँपालिकाका ईन्चार्ज राम विकलाई पक्राउ गरेको प्रहरीले स्रोतले जनाएको छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू