अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३५ | Colorodo: 14:50

एनआरएनए एनसीसी कतारको अध्यक्षमा कटुवालको उम्मेदवारी घोषणा

बिआरटीनेपाल २०७६ साउन १८ गते ९:५२ मा प्रकाशित

एनआरएनए कतारका प्रथम उपाध्यक्ष तेज कटुवालले एनआरएनए एनसीसी कतारको अध्यक्षमा उम्मेद्वारी घोषणा गर्नुभएको छ । गैरआवासीय नेपाली संघ एनआरएनए एनसीसी कताको आगामी कार्यकाल सन् २०१९–२०२१ का लागि कटुवालले उम्मेदवारी घोषणा गर्नुभएको हो । आउँदो २३ अगष्ट २०१९ मा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको आठौं राष्ट्रिय महाधिवेशन हुने भएको छ ।

गैरआवासीय नेपाली संघ कतारको नेतृत्व गरेर कतारको नेपाली समाजमा विशेष योगदान दिने आकांक्षासहित अध्यक्षको उम्मेदवारी घोषणा गरेको कटुवालले बताउनुभयो । एनआरएनए कतारमा कट्टुवालले आफ्नो उम्मेदवारी दाबी गरेपछि आफ्नो कार्यकालमा गर्न सकिने १० कार्ययोजना पनि सार्वजनिक गर्नुभएको छ । कार्ययोजनामा श्रमिकहरुको हकहितको लागि क्रियाशील रहने कटुवालले प्रतिवद्धता जनाउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू