अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२९ | Colorodo: 01:44

१७ औं संस्करणको आहा–रारा गोल्डकप फुटवल प्रतियोगिताको आय– व्यय सार्वजनिक

बिआरटीनेपाल २०७६ साउन १८ गते ९:४४ मा प्रकाशित

सहारा क्लब पोखराले १७ औं संस्करणको आहारारा गोल्डकप फुटवल प्रतियोगिताको आय–व्यय सार्वजनिक गरेको छ । क्लबले शनिबार पोखरामा पत्रकार सम्मेलन गरी प्रतियोगिताको आय–व्यय सार्वजनिक गरेको हो । प्रतियोगिताबाट ७० लाख ७८ हजार कूल आम्दानी र ६९ लाख २९ हजार रूपैयाँ खर्च भइ १ लाख ४९ हजार ३ सय २६ रूपैयाँ बचत भएको क्लबले जनाएको छ ।

१७ औं आहा– रारा गोल्डकप गत फागुन ९ देखि १८ गतेसम्म पोखरा रंगशालामा सञ्चालन भएको थियो । प्रतियोगिताको उपाधि थ्रीस्टार क्लवले जितेको थियो । प्रतियोगितामा टिकट बिक्रीबाट १५ लाख ५० हजार २ सय ६५ रूपैयाँ आम्दानी भएको जनाईएको छ । यो विगतका बर्षको तुलनामा कम हो ।

यसअघि १६ औं संस्करणमा २४ लाख र १५ औं संस्करणामा १७ लाख टिकट बिक्रीबाट आम्दानी भएको थियो । क्लबले प्रतियोगिताको आम्दानी पोखराको दोविल्लास्थित सहारा एकेडेमी सञ्चालनका लागि खर्च गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू