अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२६ | Colorodo: 06:41

रुस र चीनबीच नयाँ परमाणु सम्झौता हुनुपर्ने – राष्ट्रपति ट्रम्प

बिआरटीनेपाल २०७६ साउन १८ गते ९:४३ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र चीनसँग नयाँ परमाणु सम्झौता हुनुपर्ने बताउनुभएको छ । राष्ट्रपति ट्रम्पले दुवै देशसँग केही योजना भएकाले नयाँ परमाणु सम्झौता गर्नुपर्ने बताउनुभएको हो । परमाणु सम्झौताबारे विवाद बढ्दै गएपछि राष्ट्रपति ट्रम्पले दुवै देशसँग नयाँ सम्झौताको प्रस्ताव गरेका गर्नुभएको हो ।

ट्रम्पले गत फेब्रुअरीमा रुसले सम्झौता पालना नगरे त्यसबाट फिर्ता हुने चेतावनी दिनुभएको थियो । त्यसका लागि उहाँले अगस्ट २ सम्मको समयसीमा दिनुभएको थियो । ट्रम्पको चेतावनी लगत्तै रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले सम्झौताप्रतिको दायित्वलाई निलम्बन गर्नुभएको थियो । सम्झौताबाट पछि हट्ने संकेत गरेसँगै अमेरिकाले नयाँ परमाणु क्षेप्यास्त्रको परीक्षण गर्ने तयारीसमेत गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

तत्कालीन अमेरिकी राष्ट्रपति रोनाल्ड रेगन र सोभियत नेता मिखायल गोर्भाचेभले सन् १९८० परमाणु सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो । सम्झौताले ५ सयदेखि ५ हजार ५ सय किलोमिटर दुरी रेञ्ज भएको क्षेप्यास्त्रलाई प्रतिबन्ध गरेको थियो ।

तर यो वर्षको सुरुवातमा अमेरिका र नेटोले नयाँ प्रकारको क्रुज क्षेप्यास्त्र निर्माण सम्झौता भंग गरेको आरोप रुसमाथि लाग्दै आएको थियो । रुसले एनएम सेभेन टु नाइन मिसाइललाई तैनाथ गरेको प्रमाण आफूसँग रहेको अमेरिकाले दाबी गरेको थियो । अमेरिकी दाबीलाई नेटो संलग्न राष्ट्रहरुले पनि समर्थन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू