अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५६ | Colorodo: 18:11

प्रजातन्त्रको आवरणमा ब्रम्हलुट – राप्रपा अध्यक्ष थापा

बिआरटीनेपाल २०७६ साउन १८ गते ९:४२ मा प्रकाशित

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रजातान्त्रिक आवरणमा मुलुकमा ब्रम्हलुट चलिरहेको बताउनुभएको छ । शनिबार काठमाडौंमा राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको भेलालाई सम्बोधन गर्दै उहाँले सत्ता र प्रमुख प्रतिपक्ष दलका गतिविधिका कारण मुलुकमा भ्रष्टाचार मौलाएको आरोप लगाउनुभयो ।

राजसंस्था हटाएपछि ठूला दलहरुले पालैपालो सरकार हाँकेर मुलुकलाई झन–झन् कमजोर बनाउँदै लगेको थापाको भनाइ थियो । अध्यक्ष थापाले प्रधानमन्त्रीले मध्यरातमा विदेशी गुप्तचर निकायका प्रमुखलाई भेट्नु अशोभनीय भएको भन्दै चुनावको बेला पार्टीहरुमा विदेशीको सहयोग गर्ने भएकाले उनीहरुलाई सजिलै भेट्ने ठहर गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू