अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५८ | Colorodo: 06:13

दोलखामा पहिरोमा परी दुई जना बेपत्ता, ३० घरमा क्षति

बिआरटीनेपाल २०७६ साउन १८ गते ९:४१ मा प्रकाशित

दोलखा गौरीशंकर गाउँपालिका–१ मा गएको पहिरोमा परेर २ जना वेपत्ता भएका छन् । पहिरोले ३० घरमा क्षति पुर्याएको छ । बेपत्ता हुनेमा गौरीशंकर गाउँपालिका–२ का १८ वर्षिय निशान खड्का र ५५ वर्षीय जित खत्री रहेको गाउँपालिकाका वडा अध्यक्ष बसन्त कार्कीले जानकारी दिनुभयो । पहिरोमा परी अन्य केही सामान्य घाइते भएका छन् ।

काठमाडौंबाट जुगुँका लागि छुटेको यात्रुबाहक बस पहिरोले जुँगुखोलामा फसेपछि उद्धारका लागि गएकाहरु पहिरोमा परेका हुन् । बेपत्ता भएकाहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक रेशम बोहोराले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू