अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३५ | Colorodo: 22:50

सोमबार नाग पञ्चमी पर्व

बिआरटीनेपाल २०७६ साउन १८ गते ८:३४ मा प्रकाशित

सोमबार अर्थात् ५ अगस्त नाग पञ्चमी पर्व । घरका मूल ढोका तथा नागस्थानमा नागको तस्बिर टाँसी पूजा अर्चना गरी मनाइन्छ नाग पञ्चमी । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नाग पञ्चमी पर्व मनाउने गरिन्छ । नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिने साथै मेघ, चटयाङ लगायतका प्राकृतिक भय पनि टार्न सकिने धार्मिक विश्वास रही आएको छ ।

नाग पूजाको प्रचलन वैदिक कालदेखि नै सुरु भएको जानकारहरू वताउछन् । नाग रिसाए पानीको अभाव हुने भएकाले पनि नागलाई खुसी पार्न नाग पूजा गर्ने प्रचलन बसेको पनि वैदिक धर्मग्रन्थहरूमा उल्लेख गरिएको छ । नागलाई विष्णु र शिवका रूपमा मान्ने चलन पनि रही आएको छ । भगवान् शिवले नागको माला लगाउने र भगवान् विष्णु जलमाथि शेष नागको छाता ओडी शयन गर्ने भएकाले दुवै भगवानलाई नागका रूपमा पनि मान्ने प्रचलन रही आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू