अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५१ | Colorodo: 18:06

समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता

बिआरटीनेपाल २०७६ साउन १७ गते १०:२६ मा प्रकाशित

संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच एकीकरण भई नयाँ बनेको समाजवादी पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ । निर्वाचन आयोगको आज भएको बैठकले उक्त दल दर्ता गर्ने निर्णय गरेको आयोगका प्रवक्ता शंकरप्रसाद खरेलले जानकारी दिनुभयो ।

समाजवादी पार्टीले गत जेठ ३० गते आयोगमा दल दर्ताका लागि निवेदन दिएको थियो । गत वैशाख २३ गते समाजवादी पार्टी नेपाल बनेको थियो । समाजवादी पार्टीका २५ जना पदाधिकारीसहित ४३० जना केन्द्रीय सदस्य छन् । समाजवादी पार्टीसँगै अव निर्वाचन अयोगमा दर्ता भएका राजनीतिक दलको सङ्ख्या १३१ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू