अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०२ | Colorodo: 00:17

कांग्रेसमा अन्तरकालीन व्यवस्था सम्बन्धि निर्देशिका बनाउने सहमति

बिआरटीनेपाल २०७६ साउन १७ गते १०:१२ मा प्रकाशित

नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकले अन्तर्कालीन व्यवस्थाका लागि निर्देशिका बनाउने भएको छ । पार्टी मूख्यालमा बसेको केन्द्रीय समिति बैठकमा सो सम्बन्धि प्रस्ताव दुवै पक्षको सहमतिमा पेश भएको हो ।

तेह्रौ महाधिवेशनमा नरहरि आचार्य नेतृत्वको समितिले छानबिन गरेको क्रियाशील सदस्यतालाई नै अद्यावधिक गर्दै मंसिरभित्र पेश गर्न पदाधिकारीलाई जिम्मेबारी दिइने भएको छ । त्यसपछि मंसिरभित्रै बस्ने केन्द्रीय समितिले महाधिवेशनको मिति निर्धारण गर्ने सहमति पनि भएको छ ।

यस विषयमा विवाद हुँदा लामो समयदेखि काँग्रेस केन्द्रीय समिति बैठक अनिर्णित बन्दै आएको थियो ।नयाँ प्रस्तावमाथि बैठकमा छलफल भइरहेको छ । अन्तर्कालीन व्यवस्थाको विषयमा सभापति शेरबहादुर देउवा पक्षधर विधानको व्यवस्था अनुसार सहमतीय प्रणालीबाट नेतृत्व चयन हुनुपर्ने अडानमा थियो भने रामचन्द्र पौडेल पक्ष निर्वाचनबाटै अन्तर्कालीन नेतृत्व चयन गर्ने पक्षमा थियो ।

यस्तै काँग्रेस नियामावली मस्यौदा समितिले मस्यौदामा रहेका विवादित विषय टुंग्याउन पदाधिकारीलाई जिम्मा दिएको छ ।आचारसंहिता उल्लंघन गर्नेलाई नियमावली अनुसार कारबाही गर्ने पक्षमा सभापति देउवा पक्ष रहेको छ भने अभिव्यक्ति दिँदा वा लेख रचना सार्वजनिक गरेकै आधारमा कारबाही गर्न नमिल्ने पक्षमा पौडेल पक्ष रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू