अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३४ | Colorodo: 22:49

मेलम्चीको पाइप सफा गर्दा २ जना मजदुरको मृत्यु

बिआरटीनेपाल २०७६ साउन १७ गते १०:०७ मा प्रकाशित

मेलम्ची खानेपानी आयोजनाको पाइप सफा गर्ने क्रममा २ जना मजदुरको मृत्यु भएको छ । काठमाडौं–१६, बालाजु चोकमा मेलम्ची खानेपानी आयोजनाको पाइप सफा गर्ने क्रममा सप्तरीका २५ वर्षीय सुरेश साह र साहका सहोदर भाई २० वर्षीय शिवराम साहको मृत्यु भएको हो ।

पाइपभित्र पसेर काम गर्ने क्रममा उनीहरू फसेका थिए । फसेका दुवै जनाको उद्दार गरेर शिक्षण अस्पताल लगिएको थियो । उपचारको क्रममा दुवै जनाको मृत्यु भएको महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार भित्र पसेको धेरै वेरसम्म नफर्किएपछि उद्दार गरेर त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू