अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५९ | Colorodo: 20:14

गण्डकी प्रदेशका कर्मचारीले भ्रमणका लागि २५ हजार पाउने

बिआरटीनेपाल २०७६ साउन १७ गते १०:०४ मा प्रकाशित

जनप्रतिनिधिको तलव भत्ता र सवारी साधन लगायतका सेवा सुविधा बृद्धिका कारण आलोचना भइरहेको बेला गण्डकी प्रदेश सरकारले कर्मचारीलाई घुम्न जानका लागि बजेट व्यवस्था गरेको छ । हरेक कर्मचारीलाई एक हप्ता घुम्नका लागि भन्दै २५ हजारका दरले उपलब्ध गराउने गरी बजेट व्यवस्था भएको उद्योग, पर्यटन बन तथा वातावरणमन्त्री विकास लम्सालले जानकारी दिनुभयो ।

गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले पोखरामा आयोजना गरेको कार्यक्रममा मन्त्री लम्सालले यस्तो जानकारी दिनुभएको हो । नेपालभित्रका जुनसुकै स्थानमा जान पाउने र भ्रमणपछि उक्त स्थानको फोटो तथा भ्रमण प्रतिवेदन पेश गर्नुपर्ने मन्त्री लम्सालको भनाई रहेको छ । कार्यालयमा काम गर्दा हाई काढेर बस्ने अवस्था रहेको भन्दै रिफ्रेसमेन्टका लागि कर्मचारीहरुको भ्रमणको व्यवस्था मिलाउन लागिएको मन्त्री लम्सालले बताउनुभयो ।

गण्डकी प्रदेशमा २२ सय कर्मचारीको दरवन्दी रहेकामा १७ सय कर्मचारी अहिले कार्यरत छन् । यदी सबै कर्मचारीले भ्रमण सुविधा उपयोग गरे भने झण्डै ५ करोड रुपैयाँ खर्च हुने देखिन्छ । यसअघि गण्डकी प्रदेशले जनप्रतिनिधिको भत्ता बढाएको थियो भने सांसदले पिए राख्न पाउने तथा स्थानीय तहका प्रमुख उपप्रमुखले सवारी साधन लिन पाउने व्यवस्था सहित ऐन संशोधनको निर्णय गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू