अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०३ | Colorodo: 20:18

नेता नेपालको जनप्रतिनिधिलाई निर्देशन– जिम्मेवारीका साथ काम गर्नूस्

बिआरटीनेपाल २०७६ साउन १७ गते १०:०१ मा प्रकाशित

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले सरकारले अघि सारेको ‘समृद्ध नेपालः सुःखी नेपाली’ को नारालाई सफल बनाउने गरी काम गर्न पार्टीका जनप्रतिनिधिहरुलाई निर्देशन दिनुभएको छ । पूर्व प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता नेपालले सरकारले मुलुकको आर्थिक–सामाजिक रुपान्तरणको एजेन्डालाई मुख्य नारा बनाएको उल्लेख गर्दै त्यसलाई पूरा गर्न पार्टीका तीनै तहका जनप्रतिनिधिहरुले जिम्मेवारीका साथ काम गर्नुपर्ने पनि स्पष्ट पार्नुभयो ।

तुलसीलाल स्मृति प्रतिष्ठानले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले मुलुकको आर्थिक–सामाजिक–सांस्कृतिक रुपान्तरणको नेतृत्व गर्ने जिम्मेवारी आफ्नो पार्टीको काँधमा आएको उल्लेख गर्नुभयो । मुलुकको रुपान्तरणलाई कार्यान्वयनमा लैजाने गरी पार्टीका नेता, कार्यकर्ताहरुले पनि आफ्नो क्षमताको प्रदर्शन गर्नुपर्ने नेपालको भनाई थियो ।

वरिष्ठ नेता नेपालले तुलसीलाल अमात्यजस्ता दुरदृष्टि भएका नेताहरुका कारण मुलुकमा राजनीतिक परिवर्तन सम्भव भएको उल्लेख गर्दै अव जनताको जीवनमा परिवर्तन हुने गरी आर्थिक समृद्धिको एजेन्डालाई अघि बढाउनुपर्नेमा पनि जोड दिनुभयो ।

यसैवीच, पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता माधवकुमार नेपालले साउन महीनाभित्र पार्टी एकता टुङ्गिने गरी काम भइरहेको बताउनुभएको छ । आज चितवनमा पत्रकारसँगको कुराकानीमा उहाँले पार्टी एकता चाँडोभन्दा चाँडो टुङ्गाउने गरी काम भइरहेको बताउनुभएको हो । एकताको प्रक्रिया ढिलो हुँदा सबैमा चिन्ता बढेकाले यसलाई जतिसक्दो छिटो टुङ्गाउन आवश्यक रहेको उहाँको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू