अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१५ | Colorodo: 23:30

हङकङको आन्दोलन सह्य हुन सक्दैन– चिनियाँ सैनिक कमाण्डर डाओसियाङ

बिआरटीनेपाल २०७६ साउन १६ गते १०:१० मा प्रकाशित

हङकङस्थित चिनियाँ सैनिक फौजका कमाण्डर मेजर जनरल छेन डाओसियाङले हङकङमा प्रजातान्त्रिक समर्थकहरुले गरेको हिंसात्मक आन्दोलन ’सह्य हुन नसक्ने’ चेतावनी दिनुभएको छ । चाइनिज पिपुल्स लिब्रेसन आर्मी (पीएलए)को ९२ औं स्थापना दिवसका अवसरका आयोजित रिसेप्सन कार्यक्रममा बोल्दै मेजर जनरल डाओसियाङले आफ्ना सेनाहरुले हङकङ सरकारलाई दृढतापूर्वक समर्थन गरेको बताउनुभयो । उहाँले हिंसात्मक गतिविधिमा संलग्न अपराधीलाई कानुन बमोजिम कारबाही गर्नु न्यायिक प्रणाली भएकोसमेत स्पष्ट पार्नुभएको छ ।

हिंसा भड्काएको, दंगामा सहभागी भएको तथा कानुनविपरीत आन्दोलन गरेको भन्दै ४४ जनालाई कारबाही गरेपछि उहाँले यस्तो प्रतिक्रिया दिनुभएको हो । जसमा दर्जनौं विद्यार्थी रहेको बताइएको छ ।

“पछिल्लो समय श्रृंखलाबद्ध हिंसात्मक घटना भएका छन्, सहरका कार्यकारी प्रमुख क्यारी लामसमेत उपस्थित सभामा सम्बोधन गर्दै डाओसियाङले भन्नुभयो , “उक्त घटनाहरुले एकै देशका दुई प्रणालीको गम्भीर उल्लंघन गरेको छ । यो कुनै हालतमा सह्य हुन सक्दैन र हामी यसको घोर निन्दा गर्दछौं ।“

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू