अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२८ | Colorodo: 12:43

सरकार राष्ट्रिय दायित्वबाट पछि हटेर लम्पसारवादमा – कांग्रेस नेता महत

बिआरटीनेपाल २०७६ साउन १६ गते १०:०२ मा प्रकाशित

नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले सरकार राष्ट्रिय दायित्वबाट पछि हटेर लम्पसारवादमा लागेको आरोप लगाउनुभएको छ । बिहीबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले विदेश नीतिको सन्दर्भमा सरकारले विश्वसनीय काम गर्न नसकेको बताउनुभयो ।

नेता महतले सरकारका गलत क्रियाकलापविरुद्ध कांग्रेस संसदभित्र र बाहिर सशक्तरुपमा प्रस्तुत् हुने समेत स्पष्ट पार्नुभएको छ । संगठन विस्तार नभएसम्म पार्टीको महाधिवेशन हुन नसक्ने भएकाले पार्टी सभापतिले यसबारे गृहकार्य गरिरहेको उहाँको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू