अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५७ | Colorodo: 21:12

इरानका विदेशमन्त्रीमाथि अमेरिकाले लगायो आर्थिक प्रतिबन्ध

बिआरटीनेपाल २०७६ साउन १६ गते ९:५० मा प्रकाशित

अमेरिकाले इरानका विदेशमन्त्री मोहम्मद जावेद जाफरीमाथि प्रतिबन्ध लगाएको छ । अमेरिकाको डिपार्टमेन्ट अफ द ट्रेजरीले जाफरीमाथि प्रतिबन्ध लगाएको हो । यो प्रतिबन्धपछि विदेशमन्त्री जाफरीको अमेरिकामा रहेको या अमेरिकी संस्थाको नियन्त्रणमा रहेकोसबै सम्पत्ति रोक्का हुनेछ ।

अमेरिकी राज्यकोष मन्त्री स्टिभन मनुचिनलले जाफरीले इरानका सर्वोच्च नेता आयातुल्लाह अली खामेनीका गलत नीतिहरु कार्यान्वयन गरेकाले प्रतिबन्ध लगाएको बताउनुभएको छ । अमेरिकी प्रतिबन्धपछि एक टीव्ट गर्दै विदेशमन्त्री जाफरीले आफ्नो नीतिलाई अमेरिकाले खतरा ठानेको जिकिर गर्नुभयो । उहाँले प्रतिबन्धका लागि अमेरिकालाई धन्यबाद समेत दिनुभएको छ । आफ्ना एजेन्डा उसले खतरा ठान्नु आफूहरुको सफलता रहेको विदेशमन्त्री जाफरीले उल्लेख गर्नुभएको छ ।

इरान र अमेरिकाबिच पछिल्लो समय तनाव चुलिँदै गएको छ । गतबर्ष अमेरिकाले सन् २०१५ मा भएको परमाणु सम्झौताबाट बाहिरिएसँगै विवाद बढेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू