अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२७ | Colorodo: 11:42

सियाटलमा पुस्तक विमोचन

बिआरटीनेपाल २०७६ साउन १६ गते ९:३९ मा प्रकाशित

सियाटल, वासिङ्टन विना घलेको तेस्रो कृति ‘आफ्नै धरा आफ्नै आकाश’ हिजो अमेरिकाको सियाटलमा विमोचन भएको छ । आफ्नो पहिलो ११ महिने अमेरिका बसाइ लाई यात्रानुभुतिकाे रूपमा सङ्कलन गरेर लेखिकाले प्रस्तुत गर्नु भएको हो । 

नेपाल सियाटल साेसाईटीद्वारा आयोजित वार्षिक वनभोज कार्यक्रममा उक्त पुस्तकलाई अमेरिकाका लागि नेपालका राजदूत डाक्टर अर्जुन कुमार कार्की ज्यू, २०१९ कि मिस नेपाल वर्ल्ड अनुष्का श्रेष्ठ ज्यूले संयुक्त रूपमा विमोचन गर्नु भएको थियो ।

प्रमुख अतिथिका रूपमा राजदूत डाक्टर कार्की रहनुभएको कार्यक्रमको अध्यक्षता नेपाल सियाटल साेसाईटीका अध्यक्ष माधव भण्डारीले गर्नुभएको थियो । सियाटलको सेरोफेरोमा वसाेवास गरिरहेका तीन सय भन्दा बढी नेपालीको उपस्थिति रहेको कार्यक्रमलाई लेखिका बिना घले र राजदूत डाक्टर कार्कीले संम्वाेधन गर्दै पुस्तक र अमेरिकी डायस्पोराका बारेमा प्रकाश पार्नु भएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू