अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३९ | Colorodo: 11:54

पोर्चुगलमा २०६औ भानु जयन्ती सम्पन्न

बिआरटीनेपाल २०७६ साउन १६ गते ९:२९ मा प्रकाशित

लिस्बोन्, अन्तररास्ट्रीय नेपाली साहित्य समाज (अनेसास) पोर्चुगलद्वारा आयोजित २०६ औ भानु जयन्ती एक विशेष रचना वाचनको कार्यक्रम सहित भव्य रूपमा समपन्न भएको छ । अनेसास पोर्चुगलका अध्यक्ष वाई वी गुरुङको अध्यक्षता, प्रमुख अतिथि अनेसास केन्द्रीय उपाध्यक्ष तथा साहित्यकार सुनिल सङ्गमको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा पोर्चुगलको नेपाली डायस्पोरामा क्रियाशील विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरू लगायत बालबालिकाहरूको उपस्थिति रहेको थियो ।

आदिकवि भानु भक्त आचार्यको सम्झना र सम्मान स्वरूप उहाँको तस्बिरमा खतक एवम फुलका गुच्छा अर्पण गरिएको थियो भने कार्यक्रम उद्घाटन कार्यक्रमका प्रमुख अतिथिद्वारा दीप प्रज्वलन गरी गरिएको थियो । नेपालको राष्ट्रिय गीत मार्फत सुरु गरिएको कार्यक्रममा अनेसास पोर्चुगलका वरिष्ठ उपाध्यक्ष कृष्ण कँडेल जिज्ञासुले उपस्थित महानुभावहरूलाई स्वागत गरेका थिए । कार्यक्रममा भानुभक्तको जीवनी र उहाँले नेपाली भाषा र साहित्यको क्षेत्रमा गरेको योगदानको वर्णन गरिएको थियो । भानुको सम्झनामा पोर्चुगलको नेपाली डायस्पोरामा क्रियाशील रहेका दर्जन भन्दा बढी सर्जकहाँरुले आफ्नो रचना वाचन गरेका थिए ।

अज्ञाम थार्च्, कृष्ण कँडेल जिज्ञाउ, कमल प्रसाद सापकोटा, अरुण भेटवाल, बद्री बाबु पोखरेल, निर नेउपाने, सारीता भन्डारि, निम ल्हमु शेर्पा, स्पन्दन विनोद, सुनिल सङ्गम,वाई बि गुरुङ आदि लगायतका साहित्यकारहरूले कविता, गीत, गजल वाचन गरेका थिए ।

कार्यक्रममा गैर आवासीय नेपाली सङ्घ पोर्चुगलका उपाध्यक्ष द्वय तिलक गैरे र नारायण काजी थापा, आदिवासी जनजाति महासङ्घ पोर्चुगलकी उपाध्यक्ष निम ल्हमु शेर्पा, मदन भण्डारी स्पोर्ट्स क्लबका हेमराज सुबेदी, नेपाली महिला समाजकी उपाध्यक्ष सुनिता भट्टराई महासचिव सरीता शर्मा, नेपाल पत्रकार महासङ्घ युरोप शाखाका महासचिव तथा नेपाल पत्रकार महासङ्घ पोर्चुगलका संयोजक योगेन्द्र मिलन छन्त्याल र पोल्यान्ड नेपाल डट कमका सम्पादक कलश खरेल लगायतका वक्ताहरूले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रम अनेसास पोर्चुगलका महासचिव स्पन्दन विनोदले सन्चालन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू