अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१८ | Colorodo: 02:33

अमेरिकाको भर्जिनियामा स्व. तामाङको दाह-संस्कार गरियो

खेम भट्टचन २०७६ साउन १५ गते ९:१८ मा प्रकाशित

वासिङ्टन डिसी, अमेरिकाको भर्जिनियामा निधन भएका दोलखा लामीडांड़ा स्थायी घर भएका ५२ वर्षीय दान बहादुर तामाङको एक श्रद्जाञ्जली सभा आयोजना गरेर दाहसंस्कार गरियो । 

तामाङ सोसाइटी अफ् क्रेटर वाशिंगटनको आयोजनामा भएको यस श्रद्जाञ्जली सभाको सुरुमा न्यु योर्क देखी आएका बौद्ध धर्मका वरिष्ठ धर्मगुरु भेनेरेबल टुल्कु नामग्याल रिंपोन्जेको आशिर्बाद लिँदै ४ जना मंक लामाहरूले तिबेतियन भाषामा लेखिएको बुद्धिस्ट धर्मको ग्रन्थहरू पढ्दै झ्याली र ढ्याङ्ग्रो बजाउँदै करिब दुई घण्टा पूजा प्रार्थना गरेर दिवङ्गत आत्माको चिरशान्तीको कामना गरियो । 

मृत्यु भएको व्यक्तिलाई स्वोर्गबास सम्म पुरयाउनको लागी गर्नुपर्ने बुद्धिस्ट धर्म परम्परा बमोजिम मन्त्रहरू पढेर गरिने लामो पूजा सकिएपछी समारोह एक शोक सभामा परिणत भएको थियो । संस्थाका सचिव हेम कला तामाङले भावुक हुँदै उद्घोषण गरेको शोक सभामा अध्यक्ष उत्तर लामाले स्वो० तामाङलाई बचाउनको लागी सन् २०१२ देखी दाह संस्कार सम्म सहयोग गरेका सबैलाई तामाङ सोसाइटी अफ् क्रेटर वाशिंगटनको तर्फबाट धन्यवाद दिएका थिए। बुद्धिस्ट धर्मगुरु लामाहरूले दिवङ्गत आत्मालाई स्वोर्गबासको कामना गर्ने मन्त्रहरू पढ्दा र रोजी घिशिंगले नेपालबाट छोरीको पठाएको शोक सन्देश पढेर सुनाउँदा शोक सभा उपस्थित सबैको आँखा रसाएको थियो भने तामाङ समुदायका सबै रोएका थिए ।

मेरो बाबा कता हराउनु भयो कृपया जो कोहीले खोजी दिनुहोला भनेर नेपालबाट छोरीले फेसबुकमा लेखेको देखेपछी सोधखोज गर्दा दान बहादुर तामाङको दुई महिना पहिले नै मृत्यु भइसकेको पता लागेको थियो ।

भर्जिनियाको सार्वजनिक स्थल एक पार्कमा अमेरिकी प्रहरीले एक पुरुषको बेवारिसे सब फेला पारेर खल्तीमा भएको कागजात परिचयपत्रको आधारमा नेपाली भन्ने पत्ता लगाएर वासिङ्टन डिसी स्थित नेपाली दूतावासलाई दुई महिना पहिले नै प्रहरीले खबर गरेको रहेछ हामीले दुई महिना पछि मात्रै थाहा पाइयो अध्यक्ष उत्तर लामाले बिआरटी नेपाललाई बताए । नेपाली समुदायलाई दूतावासले थाहा नदिएको कारणले ” तिन तिन महिनासम्म स्व. दान दाइको सब बेवारिसे भयो” दूतावाससँग चित्त दुखाउँदै अध्यक्ष उत्तर लामाले बिआरटी नेपाल मार्फत दुखेसो पोखे । 

श्रीमती छोरा छोरी बाहेक अरू नातेदार र साथीभाइले लास बुझ्न नपाउने अमेरिकाको कानुन भएकोले वासिङ्टन डिसी स्थित नेपाली दूतावास र नेपालमा परराष्ट्र मन्त्रालयले लेखिदिँदा पनि अमेरिकी दूतावासले छोरीलाई अमेरिका जाने भिसा दिएन तामाङ सोसाइटिका सचिव हेम कला तामाङले बिआरटीलाईलाई बताइन् । आफूलाई जन्म दिने प्यारो बाबाको अन्तिम अनुहार हेर्न अमेरिका जान पनि अमेरिकी दूतावासले रोक लगाएपछी आफ्नो बाबाको श्रद्जाञ्जली सभा फेसबुकको लाइभमा नेपालमा छोरीले रुँदै हेरिन् । 

सम्बन्धित सामग्रीहरू